Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरिडी पावर कम्पनीको ५० प्रतिशत हकप्रद सेयर पारित

रिडी पावर कम्पनीको ५० प्रतिशत हकप्रद सेयर पारित


काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको विशेष साधारणसभाबाट ५० प्रतिशत हकप्रद सेयर पारित भएको छ । शुक्रबार नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा सम्पन्न विशेष साधारणसभाले उक्त हकप्रद सेयर पारित गरेको हो ।

कम्पनीले अब साझा पावर डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत् आयोजनाको लागि १०० रुपैयाँ अंकित दरको एक कित्ता बराबर शून्य दशमलव ५० कित्ताको अनुपातमा ७७ लाख ४४ हजार पाँच सय छ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ५८ करोड ५५ लाख ५८ हजार रहेको छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि विद्युत् नियमन आयोगले वैशाख ३ गते अनुमति प्रदान गरिसकेको छ ।

विशेष साधारणसभामा रिडी पावरका अध्यक्ष सञ्जीव न्यौपानेले सेयरधनीको उच्च प्रतिफलका लागि आफूहरू लागि रहने बताए । यस्तै, कम्पनीका प्रबन्ध निर्देशक कुबेरमणि नेपालले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत् आयोजनाको बारेमा सेयरधनीलाई प्रष्ट पारेका थिए । कम्पनीले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत् आयोजनाको लागि प्रमोटर सेयरसमेत खुलाएको छ । यो कम्पनीको निर्माण सुरु भएको मितिबाट दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ । बलेफी तल्लो खोला जलविद्युत् आयोजनामा चार सय ४० करोड लगानीमा बन्नेछ । यसमा कुमारी बैंकको अगुवाइमा ७५ प्रतिशत ऋण लगानी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया