Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीभीएसको ‘नयाँ सफरविना कर अफर’ सार्वजनिक

टीभीएसको ‘नयाँ सफरविना कर अफर’ सार्वजनिक


काठमाडौं । दुईपाङ्ग्रे सवारी कम्पनी टीभीएसले नयाँ खरिदकर्तालाई लक्षित गरी ‘नयाँ सफरविना कर अफर’ सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत हरेक बाइक र स्कुटरको खरिदमा तिर्नुपर्ने खरिद वर्षको सडक कर र अर्को एक वर्षको सडक कर टीभीएस आफैँले तिर्नेछ ।

टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो अफर देशभित्रका सबै ठाउँ लागू गरिसकेको जानकारी दिएको छ । अब प्रयोगकर्ताहरू दुई वर्षको कर तिर्नुपर्ने झन्झटबाट मुक्त भएका छन् भने आर्थिक हिसाबले पनि फाइदामा परेका छन् । यसबाहेक टीभीएसले आफ्ना बाइक र स्कुटरको खरिदलाई सहज बनाउनका निम्ति आकर्षक फाइनान्स सुविधा पनि ल्याएको छ ।

यसअन्तर्गत २५ प्रतिशतको डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरमा टीभीएसका बाइक र स्कुटर खरिद गर्न सकिनेछ । नेपालभर १५० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मन मस्तिष्कमा उच्च स्थान जमाउन विभिन्न किसिमका अफरहरू ल्याउने गरेको छ । गुणस्तरीय उत्पादन, बिक्रीपश्चातको उत्कृष्ट सेवा, देशभर जगेडा पार्टपुर्जाको उपलब्धता र उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण टीभीएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रूपमा स्थापित बन्न पुगेको कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया