Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलघुवित्तपीडितले आन्दोलन चर्काउने

लघुवित्तपीडितले आन्दोलन चर्काउने


काठमाडौं । लघुवित्त वित्तीय संस्थाविरुद्धको संघर्ष समितिले थप आन्दोलन चर्काउने घोषणा गरेको छ । संघर्ष समितिमा आबद्ध व्यक्तिहरूले शनिबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार घेराउ गर्दै यस्तो चेतावनी दिएका हुन् । उनीहरूले लघुवित्तहरूको शोषणविरुद्धको आमरण अनशन पनि जारी रहने जनाएका छन् ।

प्रदर्शनमा सहभागीहरूले सरकार स्वयम्ले आफूहरूलाई ऋण लिन बाध्य बनाएको र अहिले लघुवित्त वित्तीय संस्थाहरूले उठीबास लगाउँदा सरकार चुप लागेर बसेको आरोप लगाएका छन् । ‘हाम्रो घरबास गइरहने तर सरकार, नेपाल राष्ट्र बैंक रमिता हेरिरहने अवस्था अझै पनि कायम रहे अब हामी चुप लागेर बस्दैनौँ’, उनीहरूले भनेका छन्, ‘घरबास जोगाउनको लागि हामीले आन्दोलन गरेको लामो समय भइसक्यो, अझै पनि सरकार कानमा तेल हालेर चुप लागेर बस्छ भने अब हामी सहँदैनौँ, कडा आन्दोलन गर्छौँ ।’


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया