Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारथप ११ कम्पनीले पाए लाइसेन्स

थप ११ कम्पनीले पाए लाइसेन्स


काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई सेयर ब्रोकरको इजाजत दिएको छ । बोर्डले सेयर दलालसम्बन्धी कारोबार सञ्चालनका लागि आशयपत्र दिएका ४३ कम्पनीमध्ये ११ कम्पनीलाई लाइसेन्स दिएको हो । बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार साउन ४ गते बसेको बोेर्ड सञ्चालक समितिको बैठकले प्रक्रिया पूरा गरेका ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो । लाइसेन्स पाउनेमा मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब, आकाश भैरव सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट, एसपीएसए सेक्युरिटिज, एनएमबी सेक्युरिटिज, सानिमा सेक्युरिटिज, स्टकस्कार्टस सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज छन् । प्रवक्ता श्रेष्ठका अनुसार यी ब्रोकर कम्पनीले सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रूपमा अनुुमति पाएका हुन् ।

बोर्डले यसअघि दुई चरणमा १८ वटा कम्पनीलाई लाइसेन्स दिएको थियो । स्टक ब्रोकर कम्पनी सञ्चालनका लागि आवेदन दिएका ४५ मध्ये ४३ वटालाई आशयपत्र प्रदान गरेको बोर्डले पहिलो चरणमा सात र दोस्रो चरणमा ११ वटा कम्पनीलाई लाइसेन्स दिएको थियो । यससँगै पहिलेदेखि सञ्चालनमा रहेका ५० वटा ब्रोकर कम्पनी र नयाँ २९ वटा गरी अब सेयर कारोबार गराउने कुल ब्रोकर संख्या ७९ पुगेको छ । बोर्डले २०७९ असोज २ गते ३० दिनको अवधि तोकेर धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । सोही मागबमोजिम ब्रोकर कम्पनीको लागि ४५ कम्पनीले आवेदन दिएका थिए । बोर्डले धितोपत्र व्यापारीको लाइसेन्सको लागि न्यूनतम चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ तोकेको छ भने पूर्ण कारोबार गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लागि २० करोड रुपैयाँ तोकेको छ । चुक्ता पुँजी, ब्रोकर कम्पनीको लागि आवश्यक पूर्वाधार, कागजपत्र पुगेका कम्पनीहरूलाई ब्रोर्डले अनुमति दिने गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया