Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकलाई आईक्यानको सिल्भर अवार्ड

नबिल बैंकलाई आईक्यानको सिल्भर अवार्ड


काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले वार्षिकरूपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ बाट नबिल बैंक सम्मानित भएको छ । नबिलले बैंकिङक्षेत्रतर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो । आईक्यानले आर्थिक वर्ष सन् २०२१/२२ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा प्रकाशशरण महतले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई अवार्ड हस्तान्तरण गरेका थिए । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फबाट साउथ एसियन फेडरेसन अफ एकाउन्ट (साफा)द्वारा दक्षिण एसियालीस्तरमा आयोजना हुने साफा बीपीए अवार्डका लागि प्रतिस्पर्धा गर्नसमेत मनोनित हुनेछ ।

नेपालको अग्रणी बैंकको रूपमा रहेको नबिलले २० लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिको दुई सय ६५ शाखा र दुई सय ९८ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोशेढुङ्गाको रूपमा काम गर्दै आएको बैंकको दाबी छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6


तपाईको प्रतिक्रिया