Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकको ब्यालेन्स सर्टिफिकेट र गुडफर पेमेन्ट चेकको जानकारी अनलाईनबाट

सानिमा बैंकको ब्यालेन्स सर्टिफिकेट र गुडफर पेमेन्ट चेकको जानकारी अनलाईनबाट


काठमाडौं । सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुडफर पेमेन्ट चेकको अनलाइन मार्फत आधिकारिक जानकारी लिन सकिने सुविधाको सुरुवात गरेको छ । सानिमा बैंकद्वारा जारी गरिएका ब्यालेन्स सर्टिफिकेटको आधिकारिकता उक्त ब्यालेन्स सर्टिफिकेटमा उल्लेखित क्यु आर कोड स्कया्च गरेर तथा बैंकको आधिकारिक वेवसाइट मार्फत लिन सकिनेछ ।

यसैगरी, बैंकले गुडफर पेमेन्ट चेकको अनलाइनबाट आधिकारिकताको जानकारी लिन सकिने सुबिधाको व्यवस्था गरेको छ । यस अन्तर्गत गुडफर पेमेन्ट चेक को आधिकारिकता बैंकको आधिकारिक वेबसाइट मार्फत लिन सकिने छ । यस सुविधाको सुरुवातसँगै नक्कली ब्यालेन्स सर्टिफिकेट र नक्कली गुडफर पेमेन्ट चेकहरूबाट ग्राहकहरूलाई सुरक्षित राख्न मद्दत पुग्ने बैंकले विश्वास गरेको छ । बैंककोे सातै प्रदेशमा एक सय ३२ वटा कार्यालयहरू र एक सय २२ वटा एटिएम संजालहरू रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया