Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघर र विद्युतीय गाडी किन्न कामना सेवाले १२.१२ प्रतिशतमा कर्जा दिने

घर र विद्युतीय गाडी किन्न कामना सेवाले १२.१२ प्रतिशतमा कर्जा दिने


काठमाडौं । कामना सेवा विकास बैंकले कर्जामा नयाँ ब्याजदर कायम गरेको छ । बैंकले आवासीय घर निर्माणका लागि आवास कर्जा, साना तथा मझौला व्यवसायअन्तर्गत सरल व्यापार कर्जा र विद्युतीय सवारी साधन खरिदका लागि १२.१२ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।

बैंकका अनुसार आवासीय घर निर्माणका लागि कर्जा लिँदा अधिकतम ३० वर्षका लागि डेढ करोड सीमाभित्र रहने गरी धितो मूल्याङ्कित रकमको ६० प्रतिशतसम्म कर्जा लिन पाइने व्यवस्था राखिएको छ भने सरल व्यापार कर्जामा धितो मूल्याङ्कनको ८० प्रतिशतसम्म मासिक ब्याजमात्र तिर्ने वा मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी कर्जा उपलब्ध हुने बैंकले जनाएको छ । त्यस्तैगरी विद्युतीय सवारी खरिदमा खरिद मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले बताए । नायब प्रमुख कार्यकारी अधिकृत दाहालका अनुसार बैंकले प्रवाह गर्ने यस्ता कर्जाहरू सम्पूर्ण कागजात पेस गरेको तीन दिनभित्रै स्वीकृत गरिसक्नेछ ।

कम ब्याजदरमा यो कर्जा सुविधा उपलब्ध गराई आफ्नो ग्राहकलाई सशक्त बनाउने बैंकको लक्ष्य रहेको छ । पछिल्लो समय विद्युतीय सवारीको लोकप्रियता बढ्दै गएको र सोहीअनुरूप आफ्ना ग्राहकको माग पूरा गर्नका लागि कर्जा उपलब्ध गराउन लागिएको बैंकले जनाएको छ । बैंकले हाल देशव्यापीरूपमा एक सय ३५ वटा सञ्जालमार्फत ग्राहकलाई यो सेवा प्रदान गर्ने बताएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया