Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएक्सेल डेभलपमेन्ट बैंक १९ औँ वर्षमा

एक्सेल डेभलपमेन्ट बैंक १९ औँ वर्षमा


काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड १९ औं वर्षमा प्रवेश गरेको छ । बैंकले वित्तीय कारोबार सञ्चालन सुरुवात गरेको १८ वर्ष पूरा भई यही साउन ६ गतेबाट १९ वर्षमा प्रवेश गरेको हो । बैंकले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा २०८० श्रावण ५ गतेका दिन बिरामीको उपचारमा सहयोग पु-याउने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय रहेको स्थान बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।

रक्तदान कार्यक्रममा विभिन्न शुभेच्छुक व्यक्तिहरू, संघसंस्थाका पदाधिकारीहरू, बैंकका कर्मचारीबाट ५३ पिन्ट रगत संकलन गरी रेडक्रस सोसाइटी, उपशाखा बिर्तामोडलाई प्रदान गरेको छ । सोही दिन बिहान बैंकको केन्द्रीय कार्यालयमा विभिन्न वित्तीय चेतनामूलक प्लेकार्डसहित प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको थियो भने वार्षिकोत्सव कार्यक्रम औपचारिकरूपमा बिर्ता पार्टी प्यालेसमा आयोजना गरिएको थियो ।

प्रादेशिक विकास बैंकको रूपमा रहेको यो बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पाँचथरका विभिन्न ४४ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयमार्फत ग्राहकसमक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया