Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकद्वारा प्राडा भट्टराई सम्मानित

महालक्ष्मी विकास बैंकद्वारा प्राडा भट्टराई सम्मानित


काठमाडौं । लामो समयदेखि साहित्य क्षेत्रमा सक्रिय रहेका प्रा. डा. गोविन्दराज भट्टराई सम्मानित भएका छन् । महालक्ष्मी विकास बैंकको हेटौंडा शाखाले उनलाई सम्मान गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत मातृभूमि साहित्य समाजसँग समन्वय गरी वार्षिकरूपमा प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार–२०७९ यो वर्ष भट्टराईले पाएका हुन् ।

बैंकको बागमती प्रदेश ‘ख’ का प्रादेशिक प्रबन्धक शम्भुप्रसाद पराजुलीले ५१ हजार राशिको उक्त पुरस्कार (रकम बराबरको चेकका साथै सम्मानपत्र) भट्टराईलाई हस्तान्तरण गरेका हुन् । साहित्यकार भट्टराईले विभिन्न विधामा ६५ कृति प्रकाशन गरी नेपाली साहित्य क्षेत्रमा पु-याएको योगदानको कदरस्वरूप बैंकले सो सम्मान गरेको हो । सम्मानित साहित्यकारले बैंकले पनि साहित्यिक पुरस्कार स्थापना गरेकोमा हर्ष व्यक्त गर्दै उपस्थित सम्पूर्णलाई जीवनमा कम्तीमा पनि एउटा कृति प्रकाशन गर्न अनुरोध गरे । आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यलाई थप प्रभावकारी बनाउनेमा बैंकले प्रतिबद्धता व्यक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया