Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी क्यापिटल नेसनल पेमेन्ट स्विचमा आबद्ध

कुमारी क्यापिटल नेसनल पेमेन्ट स्विचमा आबद्ध


काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउस एनसीएचएल) को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध भएको छ । यसका निम्ति कुमारी क्यापिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापश्चात् कुमारी क्यापिटलका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबारहरू गर्न सक्ने साथै क्यापिटलका डिभिडेन्ड भुक्तानी, तलब, भेण्डर भुक्तानीलगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैंक खाताबीच सोझै गर्न सक्नेछन् । पहिलो चरणमा क्यापिटलका इकाइ धनीहरूले एसआईपीमा आफ्नो मासिक वा त्रैमासिक लगानी गर्न र अन्य विभिन्न सेवाहरू पनि थपिन बताइएको छ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको एनपीआईमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् भने पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थालगायतका एक सयभन्दा बढी गैर—बैंकिङ संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आबद्ध छन् । मर्चेन्ट बैंकिङ, बीमा, सहकारी, लघुवित्तलगायतका विभिन्न क्षेत्रमा भुक्तानी कारोबारलाई डिजिटाइज गर्न एनपीएसअन्तर्गतका विभिन्न उपकरणहरू सञ्चालनमा रहेका छन् ।

कुमारी क्यापिटल कुमारी बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । यसले सन् २०१७ देखि मर्चेन्ट बैंकिङ, सल्लाहकार, लगानी व्यवस्थापनदेखि डिपोजिटरी पार्टिसिपेन्टसम्बन्धी विभिन्न सेवाहरू प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया