Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकको एटीएम धादिङको ताल्तीमा

सानिमा बैंकको एटीएम धादिङको ताल्तीमा


काठमाडौं । सानिमा बैंक लिमिटेडले बेनीघाट रोराङ गाउँपालिकाको ताल्तीमा एटीएम बुथ स्थापना गरिएको छ । पालिकाको हुवासिन सिमेन्ट नारायणी प्रालिको परिसरमा एटीएम बुथको स्थापना गरेको हो । उक्त एटीएम बुथको एक समारोहका बीच बेनीघाट रोराङ गाउँपालिका वडा नं २ का अध्यक्ष हेमराज भुजेल, उद्योगका जेनेरल मेनेजर सियाङ चाङ हुंङ तथा बैंकका प्रमुख संस्थागत निक्षेप श्रीमती रमिला श्रेष्ठ र बागमती प्रदेश क्लस्टर दुईका प्रमुख निरज सिंखडाद्वारा संयुक्तरूपमा गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडाध्यक्ष श्री हेमराज भुजेल तथा जेनेरल मेनेजर हुंङले यस गाउँपालिकामा बैंकिङ सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए । त्यसैगरी बैंकका प्रमुख संस्थागत निक्षेप श्रीमती रमिला श्रेष्ठले यस क्षेत्रको जनताको वित्तीय आवश्यकतालाई महसुस गरी एटीएम स्थापना गरिएको बताइन् । आगामी दिनमा पनि वित्तीय पहुँचका अन्य क्षेत्रमा पनि सहकार्य गर्दै जाने जानकारी गराए । बैंककोे हाल सातै प्रदेशमा एक सय ३२ वटा शाखा कार्यालयहरू र एक सय २३ वटा एटीएम काउन्टरमार्फत वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया