समृद्धि फाइनान्सद्वारा कुर्सी तथा डस्टबिन वितरण
काठमाडौं । समृद्धि फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा शाखाबाट कुर्सी तथा डस्बिन वितरण कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ । उक्त सामानहरू प्रगतिशील नारी समूह, पोखरा–८लाई वितरण गरिएको हो । समृद्धि फाइनान्सले भदौ महिनाको सामाजिक उत्तरदायित्वअन्तर्गत नारी विशेष कार्यक्रम गर्ने तालिका बनाएको र सोही कार्यक्रमअन्तर्गत पोखरा शाखाद्वारा प्रगतिशील नारी समूहलाई बाह्र वटा डल्फिन कुर्सी र डस्बिन उपलब्ध गराइएको हो । उक्त कार्यक्रममा समूहका सदस्यहरू, समाजसेवी तथा टोलवासीहरूको सहभागिता रहेको थियो ।
फाइनान्सले भदौ महिनामा महिला विशेष अभियानहरू चलाइरहेको जनाएको छ । सम्पूर्ण महिलाहरूले भदौ महिनामा यस फाइनान्समा समृद्धि गृहलक्ष्मी बचत खाता खोली उच्च ब्याजदरको प्रतिफलका साथै निःशुल्क डिजिटल बैङ्किङको फाइदा लिन सक्नेछन् । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया