Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवाको कोरोना सुरक्षा बचत खाता

कामना सेवाको कोरोना सुरक्षा बचत खाता


काठमाडौं, वैशाख २४
कामना सेवा विकास बैंकले सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले विश्वव्यापी महामारीकारूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)कोे कारणले आमजनमानसमा ठूलो प्रभाव पारेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै यसप्रति जिम्मेवार बन्दै आमजनतालाई कोरोना उपचार खर्चमा सहयोग गर्न सकियोस् भन्ने पवित्र उद्देश्यकासाथ बीमा सुविधासहितको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकका अनुसार नेको इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा खोलिने यो खाताको न्यूनतम मौज्दात रकम पाँच हजार रूपैयाँ रहनेछ । यो खाता खोलेका ग्राहकलाई कोरोना संक्रमण भएको कुरा पीसीआर टेष्टद्वारा पुष्टि भएमा ५० हजार रूपैयाँको बीमा रुकम प्रदान गरिनेछ । कामना सेवाको वेबसाइटमा गई अनलाइनबाट पनि यो खाता सजिलै खोल्न सकिनेछ ।

काठमाडौँं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरूमा एक सय २३ वटा शाखा तथा ६४ वटा एटीएममार्फत ग्राहकहरूलाई आफ्नो सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्वा, अनलाइन एकाउन्ट ओपनिङलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा सुविधाहरू उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआप्mना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १४ करोड ८५ लाख १९ हजार ५४ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १३ करोड ८१ लाख ६३ हजार पाँच सय २४ रूपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

चुक्ता पुँजी दुुई अर्ब ५४ करोड एक लाख ९५ हजार रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमसिक अवधिमा २७ अर्ब ४३ करोड ७२ लाख ४० हजार एक सय ९५ रूपैयाँ निक्षेप संंकलन गरी २३ अर्ब ४८ करोड १२ लाख ८७ हजार एक सय २६ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५७ करोड ४१ लाख २९ हजार आठ सय ९१ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३७ दशमलव कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने बैकले २१ अर्ब ३७ करोड ६१ लाख ३२ हजार रूपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ९० करोड ६६ लाख एक हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३७ करोड ९८ लाख ६४ हजार पाँच सय ३७ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दसमालव ६७ दशमलव कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया