Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा विकास बैंकद्वारा क्रेडिट कार्डमा ईएमआई सेवा सुरु

गरिमा विकास बैंकद्वारा क्रेडिट कार्डमा ईएमआई सेवा सुरु


काठमाडौं । गरिमा विकास बैंकले विकास बैंकहरुमा नै पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात किस्ताबन्दीको सुरुवात गरेको छ । गरिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीका अनुसार बैंकले आजदेखि उक्त सेवा सुरु गरेको हो ।

थप ग्राहकमैत्री बनाउने उद्देश्यका साथ “आज किन्नुहोस् र पछि तिर्नुहोस्”, सिद्धान्तमा आधारित रहने क्रेडिट कार्डलाई मध्यनजर गर्दै बैंकले आफ्ना ग्राहक महानुभावहरुको सुविधाको लागि कार्डमा ईएमआई सुरुवात गरेको जनाएको छ । यस सुविधा अन्तर्गत बैंकले सम्झौता गरेको बिक्रेताहरुसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकैपटक नभई जिरो(०) प्रतिशत ब्याजदरमा मासिक किस्ताको रुपमा तिर्न सकिने छ । यदि ग्राहक आफैले पनि अरु कतैबाट सामान खरिद गरि गरिमा विकास बैंकमा भ्याट बिल पेश गरि यो सुविधा लिन चाहेमा पनि सजिलै लिन सक्ने छन् ।

हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङमार्फत बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया