Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमर्ई पेले ल्यायो क्यासब्याक योजना

आईएमर्ई पेले ल्यायो क्यासब्याक योजना


काठमाडौं । डिजिटल वालेट ‘आईएमर्ई पे’ले आउँदै गरेको राष्ट्रिय चाड दशैं,तिहार तथा छठलार्ई लक्षित गर्दै आईएमर्ई पे डिजिटल दशैं–तिहार अभियान सार्वजनिक गरेको छ । असोज १४ गतेदेखिसुरु भई मङ्सिर तीन गतेसम्म चल्ने ५० दिनको अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीले विभिन्न कारोबारका लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् । त्यस्तै, हरेकहप्ता एक जना भाग्यशाली सेवाग्राहीले अल्टिमा लाइफस्टाइलको गिफ्ट ह्याम्पर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो अभियानमा आठ जना भाग्यशाली विजेताले ५० हजार रुपैयाँ बराबरको सप गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्नेछन् ।

यससँगै आईएमर्ई पेमार्फत रेमिट्यान्स प्राप्त गर्दा हरेक महिना एक जनाले एक लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा एक करोड प्राप्त गर्ने डबल मौका रहेको आईएमर्ई पेका सीईओ प्रवीन रेग्मीले बताएका छन् । यस अफरसम्बन्धी विस्तृत जानकारी तथा नियम र सर्तहरू आईएमर्ई पेको आधिकारिक वेभ पेजमा उपलब्ध हुने बताइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया