Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकद्वारा एक सयभन्दा बढी चालकहरुलाई क्यूआर कोड हस्तान्तरण

एभरेष्ट बैंकद्वारा एक सयभन्दा बढी चालकहरुलाई क्यूआर कोड हस्तान्तरण


काठमाडौं । एभरेष्ट बैंक लिमिटेडद्वारा नेपाल अटो तथा इ–रिक्सा यातायात प्रालि तिलोत्तमा रुपन्देहीलाई वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ । लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक विशेष कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रालिका ५५ भन्दा बढी सदस्यहरुलाई क्यूआर कोड हस्तान्तरण गरे ।

तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वर देवी चौधरीको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा उपप्रमुख चौधरीले एभरेष्ट बैंकको यस वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण कार्यले सर्वसाधरणहलाई सरल तथा सुरक्षित बैंकिङ सुविधा उपलब्ध हुने कुराको विश्वास व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत खलिङले लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीका सर्वसाधारणहरु माझ यसरी वित्तीय साक्षरता प्रदान गर्न पाउँदा खुसी लागेको र यसले सम्पूर्ण त्तिलोत्तमाबासीहरुमा सुरक्षित बैंकिङ गर्न हौसाल मिल्ने, नयाँ उद्यम गर्न बैंकले सहयोग गर्ने विश्वास दिलाउनका साथै नेपाल अटो तथा इ–रिक्सा यातायात प्रालिसँग आबद्ध ५५ भन्दा बढी चालकहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएकोमा यसले निजहरुलाई नगद कारोबारबाट झन्झटमुक्त हुने र व्यापार प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरी आगामी दिनमा यस्ता गतिविधिलाई थप प्रोत्साहन तथा निरन्तरता दिने उल्लेख गरे ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्रराज सुवेदी तथा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उपे्रतीले एक सय जनाभन्दा बढी टेम्पो तथा इ–रिक्सा चालक र महिला उद्यमी दिदीबहिनीहरुलाई वित्तीय साक्षरता सचेतना प्रदान गरे । सो वित्तीय साक्षरता सचेतना कार्यक्रमा उप्रेतीले स–साना बचतले पनि भविष्यमा आइपर्ने जोखिम व्यवस्थापन गर्न मद्दत पुग्ने कुरा उल्लेख गरे ।

फोन पेको सहकार्यमा क्यूआर कोड हस्तान्तरण गरिएको उक्त कार्यक्रमा फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाको समेत उपस्थिति रहेको थियो भने तिलोत्तमा नगरपालिकाका वडा नं. ५ का वडाअध्यक्ष रमेश डुम्रे, नेपाल अटो तथा इ–रिक्सा यातायात प्रालि तिलोत्तमाका सभापति शेषकान्त भुषाल तथा सचिव खड्गबहादुर केसी, तिलोत्तमा नगरपालिकाको कार्यलयका आर्थिक विकास तथा प्रमुख कृष्णप्रसाद पाण्डेलगायत बैंकका डिजिटल विभागप्रमुख श्री शंकर पोखरेल, बैंकका प्रमुख प्रबन्धक हरिश आचार्य, लुम्बिनी प्रदेशप्रमुख लवप्रसाद कुइकेल, मणिग्राम शाखाका शाखा प्रबन्धक विमल भुषाललगायत अन्य विशिष्ट कर्मचारी र सर्वसाधारणहरुको समेत उपस्थिति रहेको थियो ।

स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय २७ शाखा सञ्जाल, तीनवटा एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक सय ६२ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया