सन सेक्युरिटिज र इसेवाबीच सम्झौता
काठमाडौं । सन सेक्युरिटिज (ब्रोकर नं. ६४) र इसेवाबीच सम्झौता भएको छ । सम्झौताअनुसार उक्त कम्पनीमार्फत हुने सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाट हुनेछ । यसबाहेक सन सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नवीकरण शुल्क पनि इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ ।
सम्झौताले लगानीकर्ताहरूलाई सन सेक्युरिटिजबाट गरिने सेयर खरिद–बिक्रीको सेटलमेन्ट थप सहज हुने इसेवाले जानकारी दिएको छ । सम्झौतापत्रमा इसेवाबाट प्रबन्धक हेम घिमिरे र सन सेक्युरिटिजबाट कार्यकारी अध्यक्ष कृष्ण गिरी तथा ट्रेडिङ अफिसर विशाल रिजालले हस्ताक्षर गरेका छन् । इसेवाको सेवा हाल एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत् करिब ७५ लाख ग्राहकले सेवा लिईरहेका छन् । यसैगरी देशभर रहेका दुई लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्षरूपमा डेढ करोड भन्दा बढी जनसंख्याले सेवा लिइरहेको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11
ताजा अपडेट
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया