नबिल बैंक र ग्रन्थ इलेक्ट्रिक भेहिकलबीच सम्झौता
काठमाडौं । नबिल बैंक र ग्रन्थ इलेक्ट्रिक भेहिकलबीच सम्झौता भएको छ । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफडी मोटर्स) र नबिल बैंकबीच एफडी मोटर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरू किन्न चाहने ग्राहकहरूलाई सरल र सहज रूपमा क्रेडिट कार्डमार्फत् कर्जा सुविधा पाउने विषयमा सम्झौता भएको हो । सम्झौताअनुसार कुनै पनि ग्राहकहरूले एफडी मोटर्सका सो रुमहरूमा गई आवश्यक पर्ने कागजात दिएर क्रेडिट कार्डमार्फत् किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरू खरिद गर्न सक्नेछन् ।
एफडी मोटर्सले हाल दुई ओटा मोडेलका इलेक्ट्रिक स्कुटरहरू बिक्री गर्दै आएको छ । जसमा एफ फाइभको मूल्य दुई लाख ६१ हजार नौ सय ९९ रुपैयाँ र एफ फाइभ ए को मूल्य दुई लाख ९७ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । ग्रन्थ ईभीले एफ फाइब प्रो र एफ फाइब ए प्रो बिक्रीका लागि बजारमा ल्याउँदैछ । एफडी मोटर्स नेपालको स्कुटरमा प्रयोग भएको पाँच विशेषता र उपयुक्त मूल्यका कारण प्रयोक्ताहरूमाझ लोकप्रिय बन्न पुगेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11
ताजा अपडेट
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
- प्रभु क्यापिटलका ग्राहकलाई मेरिना इम्पेक्समा छुट
- नेसनल लाइफको कोशीटप्पु भ्रमण कार्यक्रम
- नमस्ते–पेमार्फत प्रत्येक उडान टिकट खरिदमा एक सय रुपैयाँ क्यासब्याक
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया