हिमालयन लघुवित्तको पहिलो त्रैमासिक नाफा १० लाख ८६ हजार
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १० लाख ८६ हजार छ सय २६ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ७२ लाख ८३ हजार नौ सय रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३१ करोड ९८ लाख १८ हजार एक सय ३० रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा ९७ करोड आठ लाख ९८ हजार पाँच सय ४७ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५८ करोड ४४ लाख १२ हजार दुई सय ५३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ५३ लाख ११ हजार तीन सय ३६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने एक करोड ६२ लाख नौ सय १० रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने दुई दशमलव ५५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ९९ करोड ४० लाख २६ हजार एक सय ३९ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ४३ करोड ७७ लाख १३ हजार सात सय ५९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ६५ लाख १६ हजार एक सय १९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव १३ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया