Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकको ‘गजबको बचत खाता’

कुमारी बैंकको ‘गजबको बचत खाता’


काठमाडौं । कुमारी बैंकले गजबको बचत खाता योजना सार्वजनिक गरेको छ । बैंकले उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधासहितकोे परिमार्जित बचत खाता योजना सञ्चालनमा ल्याएको हो ।

यो योजनामान्यूनतम मौज्दात एक हजार रुपैयाँ रहेको खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर सात दशमलव पाँच प्रतिशत प्रदान गर्ने बैंकले जानकारी दिएको छ । २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा पनि उपलब्ध छ। यसबाहेक निःशुल्क क्रेडिट/डेबिट कार्ड समेत उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ । बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खातावालाले २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्ने बैंकको भनाइ छ । यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।

बैंकले हाल सबै क्षेत्रमा गरी कुल तीन सय नौवटा शाखा, तीन सय १५ वटा एटीएम, ४९ वटा एक्सटेन्सन काउन्टर र ६४ वटा शाखारहित बैंकिङ इकाइबाट वित्तीय सेवा उपलब्ध गराउँदै आएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया