Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया लघुवित्तको वित्तीय साक्षरता

एनआईसी एसिया लघुवित्तको वित्तीय साक्षरता


काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता प्रदान गरेको छ । संस्थाले १४ गते बिहीबारदेखि यता सिसहनिया, छिन्चु, सिम्ली, थलह, बड्डिचौर, जुम्ला, नारायणपुर, दुर्गौली, पिपलटार,फर्पिङ, अमरगढी, भिमाद शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मंसिर महिनामा सो कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थीहरूमा वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले दर्जन बढी विद्यालयहरूका तीन सय बढी विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको हो । विशेष गरेर कार्यक्रमले बालबालिका एवम् युवा वर्गमा वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको संस्थाको भनाइ छ ।

वित्तीय सेवा र पहुँचको अवसरबाट बञ्चित दुर्गम ग्रामीण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण र वित्तीय कारोबारबारे अनभिज्ञ विद्यार्थी भाइबहिनीहरूलाई केन्द्रविन्दुमा राख्नु मूल कर्तव्य ठानेर बालबालिकाहरूमा विद्यालय तहमै वित्तीय प्रणालीको आधारभूत ज्ञान हासिल गराउने मूल उद्देश्य यस कार्यक्रमले राखेको र आउँदा दिनहरूमा यो कार्यक्रम थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । संस्थाले हाल दुई सय ८९ वटा शाखामार्फत वित्तीय सेवा दिँदै आएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया