Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनयाँ नेपाल लघुवित्तले कमायो एक करोड ६३ लाख

नयाँ नेपाल लघुवित्तले कमायो एक करोड ६३ लाख


काठमाडौँ जेठ ८
नयाँ नेपाल लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड ६३ लाख ५१ हजार रूपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ८३ लाख २६ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १० करोड आठ लाख रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २१ करोड ७८ लाख ११ हजार रूपैयाँ निक्षेप संंकलन गरी एक अर्ब २२ करोड ७५ लाख ४३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा चार करोड १३ लाख ८७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७१ लाख १९ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ४० प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा संस्थाले ११ करोड ७४ लाख ७८ हजार रूपैयाँ निक्षेप संकलन गरी ६१ करोड ९९ लाख ४५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई करोड ६८ लाख १० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ८३ लाख ८३ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ९६ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया