Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअधिकारीले जिते इ–सेवाको एक लाखको सपिङ भौचर

अधिकारीले जिते इ–सेवाको एक लाखको सपिङ भौचर


काठमाडौं । इ–सेवाको मेगा लिङ्क मेनिया अफरअन्तर्गत बैंक वा सहकारी खाता इ–सेवामा लिंक गरी कारोबार गर्दा प्रनिश अधिकारीले एक लाख रुपैयाँको सपिङ भौचर जितेका छन् । यस अफरमा सहभागी भएका प्रयोगकर्तामध्ये प्रनिश अधिकारी इ–सेवाको आधिकारिक फेसबुक पेजमा भएको लाइभमार्फत विजेता घोषित भएका हुन् ।

विजेता अधिकारीलाई मंगलबार नै उक्त सपिङ भौचर हस्तान्तरण गरिएको इ–सेवाले जनाएको छ । इ–सेवाका चिफ बिजनेस अफिसर आशीष गौतमले विजेता अधिकारीलाई भौचर हस्तान्तरण गरेका हुन् । विजेता प्रनिश अधिकारीले इ–सेवामा छिमेक लघुवित्तको खाता लिंक गरी कारोबार गर्दा सो उपहार जित्न सफल भएका थिए । सपिङ भौचर हस्तान्तरण गर्दै चिफ बिजनेस अफिसर गौतमले आगामी दिनमा पनि इ–सेवाले यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए । चिफ बिजनेस अफिसर गौतमले अफर अवधि सकिए पनि, सबै इ–सेवा प्रयोगकर्तालाई सजिलो तथा छिटो कारोबारका लागि इ–सेवा वालेटमा आफ्नो बैंक तथा सहकारीको खाता लिंक गरी कारोबार गर्नका लागि सुझाएका थिए । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इ–सेवाले भाद्र २० देखि कार्तिक ३ गतेसम्म मेगा लिंक मेनिया अफर सञ्चालन गरेको थियो । यस अफरमा इ–सेवा एकाउन्टमा लिंक गरिएको बैंक वा सहकारी खातामार्फत भुक्तानी गर्दा बम्पर उपहारबाहेक दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर समावेश थिए । हाल इ–सेवाको सेवा एण्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैगरी देशभर रहेका दुई लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्षरूपमा डेढ करोडभन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् । इ–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी तथा मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली र खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क क्युआर भुक्तानीलगायतका करिब चार लाखभन्दा बढी मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया