Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकको प्रमुख कार्यकारीमा कोइराला दोस्रो कार्यकालका लागि नियुक्त

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारीमा कोइराला दोस्रो कार्यकालका लागि नियुक्त


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो ।

साढे दुई दशकभन्दा लामो अनुभव रहेका प्रमुख कार्यकारी अधिकृत कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रूपमा चिनिन्छन् । पहिलो कार्यकालमा माछापुच्छ्रे बैंक लिमिटेड वित्तीय सूचाकाङ्कमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै संस्थागत सुशासनमा अब्वल सावित हुन सफल भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया