Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसाना किसान विकास लघुवित्तको पुस २९ गते

साना किसान विकास लघुवित्तको पुस २९ गते


काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही पुस २९ गते भक्तपुरस्थित कृषि विकास बैंकको तालिम केन्द्र बोढेमा आफ्नो २२ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी तीन अर्ब ३३ करोड १६ लाख १८ हजार दुई सय चार रुपैयाँमध्येबाट १४ दशमलव २४ प्रतिशतका दरले हुन आउने ४७ करोड ४७ लाख ५५ हजार पाँच सय ९४ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसैगरी संस्थाले कर प्रयोजनको लागि हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट शून्य दशमलव ७५ प्रतिशतका दरले हुन आउने दुई करोड ४९ लाख ८७ हजार एक सय ३६ रुपैँयाँ बराबरको नगद लाभांश पारित गर्ने तयारी पनि गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया