Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारश्री इन्भेस्टमेन्टको साधारणसभा

श्री इन्भेस्टमेन्टको साधारणसभा


काठमाडौं । श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । फाइनान्सले यही पुस २९ गते आफ्नो केन्द्रीय कार्यालय डिल्लीबजारमा २९ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत फाइनान्सले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट पाँच दशमलव शून्य पाँच प्रतिशतका दरले हुन आउने चार करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक फाइनान्सले सोही वार्षिक साधारणसभामार्फत आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण पनि पारित गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया