Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

एनआईसी एसिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले शनिबार कन्चनपुर, बोडगाउँ, कञ्चन, रामापुर, गोबरैया, बेलासपुर बान्डुसेन शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पौष महिनामा सो कार्यक्रम सम्पन्न गरेको हो ।

समुदायस्तरमा रहेका सदस्यहरूलाई वित्तीय कारोबार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वित्तीय सेवासम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापनजस्ता कुराहरूमा चेतना वृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास रहेको र महिला दिदी बहिनीहरू र विद्यार्थीहरूमा वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले सुदूरपश्चिम प्रदेश कलुवापुर उपप्रदेशअन्तर्गत श्री रौलेश्व मावि चवन्निबजारका ६८ बढी विद्यार्थी तथा कन्चन, रामापुर, गोबरैया, बेलाशपुर, बान्डुसेन, कन्चनपुरअन्तर्गत का १८६ महिला दिदीबहिनीहरूमा वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको हो ।

विशेष गरेर कार्यक्रमले वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको र आउँदा दिनहरूमा यो कार्यक्रम थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । संस्थाले हाल दुई सय ८९ वटा शाखामार्फत वित्तीय सेवाहरू दिँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया