Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघरेलु लघुवित्तका कर्मचारीको कोरोना बीमा

घरेलु लघुवित्तका कर्मचारीको कोरोना बीमा


काठमाडौं, जेठ ११
घरेलु लघुवित्तले आफ्नो संस्थामा आबद्ध कर्मचारीहरूको विश्वमा देखापरेको कोभिड १९ (कोरोना) रोगको बीमा गराएको छ । संस्थाले आफ्ना कर्मचारीहरूको बीमा जनरल इन्स्योरेन्स कम्पनी लि. हात्तीसार, काठमाडौंबाट गराएको हो । संस्थाले प्रत्येक कर्मचारीको एक लाख रूपैयाँबराबरको कोरोना जोखिम सुरक्षण बीमा गराएको जनाएको छ ।यो वित्तीय संस्था विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूबाट प्रवर्द्धित नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको ‘घ’ वर्गको वित्तीय संस्था हो । यस संस्था सञ्चालनमा आएको हालसम्ममा देशको ११ जिल्लामा १३ वटा शाखा कार्यालयहरू स्थापना गरी ग्रामीण क्षेत्रका छ हजार एक सय ५० भन्दा बढी विपन्न परिवारहरूमा २१ करोड १७ लाखभन्दा बढी कर्जा रकम लगानीमा र बचतमा चार करोड ३६ लाख जम्मा भई वित्तीय पहुँच पु-याउन सफल भई ती परिवारहरूसँग वचत तथा कर्जाको कारोबार सञ्चालन गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया