Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपुस २९ गते साधारणसभा गर्दै जीवन विकास लघुवित्त

पुस २९ गते साधारणसभा गर्दै जीवन विकास लघुवित्त


काठमाडौं  । जीवन विकास लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही पुस २९ गते संस्थाको कार्यालय इटहरीमा आफ्नो पाँचौँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब १८ करोड रुपैयाँमध्येबाट १४ प्रतिशतका दरले हुन आउने १६ करोड ५४ लाख ८४ हजार सात रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य ७३ प्रतिशतका दरले हुन आउने ८७ लाख १० हजार चार सय ९८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक संस्थाले सोही साधारणसभामार्फत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण समेत पारित गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया