Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआइएमई–पे र एजुकेसन पार्कबीच सम्झौता

आइएमई–पे र एजुकेसन पार्कबीच सम्झौता


काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई–पे र एजुकेसन पार्कबीच आईईएलटीएस र पीटीईको तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार सिभिल मल, काठमाडौंको आठौँ तलामा रहेको एजुकेसन पार्कमा आइईएलटीएस र पीटीईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई–पेमार्फत कक्षाको शुल्क भुक्तानी गर्दा सो छुट प्राप्त गर्न सक्नेछन् । यही पुस ६ बाट लागू भएको सो योजनाको अवधि तीन महिनाको हुनेछ । आईइएलटीएस र पीटीई कक्षामा अग्रणी एजुकेसन पार्क र नेपालको पहिलो भुक्तानी प्रदायक आइएमई–पेबीचको यो योजनाले सो कक्षा लिन चाहने विद्यार्थीहरूलाई अझ सहज हुने कुरामा दुवै कम्पनीले विश्वास लिएका छन् ।

योजनाको अवधि तीन महिनाको भए पनि पहिला कक्षा बुक गर्ने विद्यार्थीहरूले आफ्नो समयअनुसारको कक्षाको छनौट गर्न सक्नेछन् । विद्यार्थीहरू माझ अति नै लोकप्रिय दुवै कक्षा अनलाइनमार्फत समेत लिन सकिने व्यवस्था गरेको एजुकेसन पार्कले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया