Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकाठमाडौं इन्स्टिच्युट फर चाइल्ड हेल्थलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं इन्स्टिच्युट फर चाइल्ड हेल्थलाई सिटिजन्स बैंकको सहयोग


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्स्टिच्युट फर चाइल्ड हेल्थको लागि आर्थिक सहयोग गरेको छ । विभिन्न किसिमका बालरोगको उपचार गर्ने उद्देश्यले सो एनजीओ निर्माण भएको हो । सो सहयोग रकम एनजीओले कार्डियोलोजी, ओन्कोलोजी, न्यूरोलोजी, अत्याधुनिक डायग्नोस्टिक सुविधाहरू र विभिन्न अन्य विशेष विभागहरू, सबै एउटै छानामुनि चिकित्सा सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । अस्पतालको उद्देश्य चिकित्सा सेवाहरूको लागि न्यूनतम शुुल्क लिने, गरिब र सीमान्तकृत बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गर्ने रहेको छ ।

एक समारोहका बीच बैंकले एक लाख ५१ हजार रुपैयाँ बराबरको चेक डाक्टर भगवान् कोइरालालाई हस्तान्तरण गरेको हो । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने बताइएको छ ।

बैंकले देशैभर फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५१ वटा एटीएम, तीनवटा विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १६ लाख ८६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया