Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल लघुवित्तद्वारा भूकम्प प्रभावितलाई सहयोग

नेसनल लघुवित्तद्वारा भूकम्प प्रभावितलाई सहयोग


काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले भूकम्प प्रभावितलाई ५० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । संस्थाका अनुसार सल्यान दार्मा गाउँपालिकालाई चार लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीलाई एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरे । संस्थाले बाघचौर शाखामा आबद्ध छ सय ८१ जना सदस्यलाई २१ लाख ५४ हजार रुपैयाँ राहत समेत वितरण गरेको छ भने रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिकाका भूकम्प प्रभावितका लागि चार लाख रुपैयाँ सहयोग गरेको छ ।

यसैगरी संस्थाले आठबिसकोट शाखामा आबद्ध तीन सय ७० जना सदस्यलाई ११ लाख ६४ हजार रुपैयाँ राहत वितरण गरेको जानकारी दिएको छ । संस्थाको ७२ जिल्लामा दुई सय छ वटा शाखा कार्यालयमार्फत दुई लाख २० हजार सदस्यलाई वित्तीय कारोबार दिइरहेको छ । संस्थाले १८ अर्बभन्दा बढी लगानी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया