Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकको अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता

माछापुच्छ्रे बैंकको अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पर्यटकहरूको आकर्षक गन्तव्य अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिम साथै जोखिम न्यूनीकरणका उपायहरूको बारेमा जानकारी प्रदान गरिएको थियो । सो विषयमा उपस्थित होटल व्यवसायी तथा स्थानीयहरूबीच अन्तक्र्रिया कार्यक्रम समेत सञ्चालन गरी नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज मानिने क्युआर, पीओएस, एनएफसी सेवाको महत्वबारे अवगत गराइएको थियो । अन्नपूर्ण आधार शिविर क्षेत्रमा ५०भन्दा बढी होटेल तथा रेस्टुरेन्टहरू सञ्चालनमा रहेका छन् ।

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कमर्सियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप, ईएमभी स्टान्र्डडमा आधारित विश्वभर सुरक्षित र भरपर्दो मानिएको टोकन प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसन एम स्मार्ट, एनएफसी कन्ट्याक्टलेस अफलाइन ट्याप एन्ड पे, क्युआरमा भ्वाइस अडियो नोटिफिकेसन प्रविधिजस्ता सेवाहरू सञ्चालनमा ल्याउँदै आइरहेको छ भने अन्य डिजिटल सेवाहरूजस्तैः मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एवम् मुद्धति खाता खोल्नेलगायतका अनेकन अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया