Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारखस्कियो सांग्रिला बैंकको वित्तीय अवस्था

खस्कियो सांग्रिला बैंकको वित्तीय अवस्था


काठमाडौं । सांग्रिला डेभपमेन्ट बैंकको वित्तीय अवस्था खस्किएको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद मुनाफा घटेको छ भने खराब कर्जा बढेको छ । यस्तै वितरणयोग्य मुनाफा ऋणात्मक बनेको छ ।

तीन अर्ब ४३ करोड नौ लाख ७१ हजार तीन सय दुई रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्म ५१ अर्ब ८५ करोड ७५ लाख ३५ हजार पाँच सय ८८ रुपैयाँ १४ पैसा निक्षेप संकलन गरी ४१ अर्ब ६३ करोड ४४ लाख ३६ हजार छ सय ३६ रुपैयाँ ९४ पैसा कर्जा प्रवाह गरेको छ । वित्तीय विवरणअनुसार कर्जाको साँवाब्याज असुलीमा समस्या देखिँदा बैंकमा खराब कर्जाको मात्रा बढेर चार दशमलव ८९ प्रतिशत पुगेको छ । गतवर्ष बैंकको खराब कर्जा तीन दशमलव ३६ प्रतिशत थियो ।

खराब कर्जा बढेर इम्पेरिमेन्ट चार्ज बढी छुट्याउनुपर्दा मुनाफामा असर परेको देखिन्छ । बैंकले इम्पेरिमेन्ट चार्जबापत ३९ करोड ३२ लाख ५७ हजार छ सय ५८ रुपैयाँ १८ पैसा छुट्याएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा भन्दा यो रकम १४ करोड रुपैयाँले बढी हो । गतवर्ष पुस मसान्न्तसम्म बैंकले २५ करोड १९ लाख १५ हजार ५२ रुपैयाँ ८४ पैसा इम्पेरिमेन्ट चार्जबापत छुट्याएको थियो ।

पुस मसान्तसम्म ९४ करोड ६३ लाख ६८ हजार एक सय ६८ रुपैयाँ ७२ पैसा खुद आम्दानी गरेको बैंकले १० करोड दुई लाख ३३ हजार सात सय ६६ रुपैयाँ ६३ पैसा खुद मुनाफा कमाएको छ । जुन एक वर्षअघिकको तुलनामा छ करोड ६३ लाख २९ हार तीन सय ९२ रुपैयाँ ४८ पैसाले कम हो । गतवर्ष पुसमा बैंकको यस्तो नाफा १६ करोड ६५ लाख ६३ हजार एक सय ५९ रुपैयाँ थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २७ करोड ८२ लाख २९ हजार तीन सय ७१ रुपैयाँ २७ पैसा वितरणयोग्य नाफा रहेकोमा यसवर्ष ऋणात्मक देखिएको छ ।

दोस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी पाँच रुपैयाँ ८४ पैसा, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ५४ दशमलव ७७ गुणा, रिटर्न अन इक्युटी (आरओई) चार दशमलमव ४१ प्रतिशत र नेटवर्थ एक सय ३२ रुपैयाँ ३९ पैसा कायम भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया