Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको तेस्रो त्रैमासिक नाफा एक अर्ब नौ करोड

सिटिजन्स बैंकको तेस्रो त्रैमासिक नाफा एक अर्ब नौ करोड


काठमाडौँ, जेठ १५
सिटिजन्स बैंक इन्टरनेशनलले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब नौ करोड १२ लाख ४५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब छ करोड ९६ लाख दुुई हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी आठ अर्ब ६२ करोड २१ लाख ९७ हजार रूपैयाँ रहेको बैकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ७७ अर्ब ८३ करोड ६५ लाख १३ हजार रूपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब एक करोड ४२ लाख ६८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब २४ करोड ४८ लाख १३ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने बैंकल ७० अर्ब ५० करोड ९० लाख ८५ हजार रूपैयाँ निक्षेप संंकलन गरी ६२ अर्ब ९१ करोड १९ लाख ७० हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब आठ करोड ७२ लाख ४५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x