Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभुु बैंकले नौ महिनामा कमायो एक अर्ब ४६ करोड

प्रभुु बैंकले नौ महिनामा कमायो एक अर्ब ४६ करोड


काठमाडौँ, जेठ १५
प्रभुु बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ४६ करोड ४१ लाख ६२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ४५ करोड २१ लाख ७० हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १० अर्ब ३१ करोड ५५ लाख सात हजार रूपैयाँ रहेको बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब १८ अर्ब सात करोड सात लाख १४ हजार रूपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ३९ करोड ८२ लाख ८६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा तीन अर्ब ५९ करोड ७७ लाख ५८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले एक अर्ब पाँच करोड ४८ लाख पाँच हजार रूपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ८२ करोड ११ लाख ७६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ३७ करोड ८३ लाख ७९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया