Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकको दोस्रो त्रैमासिक नाफा १० करोड १० लाख

ज्योति विकास बैंकको दोस्रो त्रैमासिक नाफा १० करोड १० लाख


काठमाडौं । ज्योति विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १० करोड १० लाख ३४ हजार सात सय ४८ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा तीन करोड ४७ लाख ५९ हजार पाँच सय ४० रुपैयाँ थियो ।

हाल चुक्ता पुँजी चार अर्ब ३९ करोड ५७ लाख ८५ हजार आठ सय ८६ रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासमा ६० अर्ब २२ करोड ५० लाख २३ हजार १५ रुपैंैयाँ निक्षेप संकलन गरी ५० अर्ब ८० करोड ९७ लाख नौ हजार एक सय ७० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब १२ करोड ४२ लाख ३१ हजार पाँच सय १० रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा २४ करोड ८४ लाख ९५ हजार एक सय २० रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ५९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले ६१ अर्ब २८ करोड ४४ लाख ७६ हजार तीन सय ८३ रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ९६ करोड ४२ लाख ४३ हजार छ सय ५६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब १५ करोड १३ लाख ९८ हजार पाँच सय आठ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ९७ प्रतिशत रहेको थियो भने वितरणयोग्य नाफा ३३ करोड तीन लाख २४ हजार ३७ रुपैयाँले ऋणात्मक रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया