Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार८१ अर्ब १९ करोड रूपैयाँ कर्जा प्रवाह

८१ अर्ब १९ करोड रूपैयाँ कर्जा प्रवाह

बैंकहरूले बढाए सेयर धितो कर्जा


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृति (सेयर धितो)को कर्जा लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ८१ अर्ब १९ करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ अर्ब नौ करोड ८० लाख रूपैयाँले बढी हो । गतवर्ष मसिंरसम्म बैंकहरूले ७५ अर्ब नौ करोड २० लाख रूपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको थिए ।

मंसिर मसान्तसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको ५३ खर्ब २५ अर्ब आठ करोड ७० लाख रूपैयाँ निक्षेप संकलन गरी ४४ खर्ब १४ अर्ब ७९ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये सेयर धितो शीर्षकमा ६३ अर्ब ६७ करोड ८० लाख रूपैयाँ प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार अर्ब ९१ करोड २० लाख रूपैयाँले बढी हो । गतवर्ष मंसिर मसान्तसम्म वाणिज्य बैंकहरूले सेयर धितोमा ५८ अर्ब ७६ करोड ६० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

विकास बैंकहरूले यस वर्षको मंसिर मसान्तसम्म पाँच खर्ब ७७ अर्ब ४६ करोड ५० लाख रूपैयाँ निक्षेप संकलन गरी चार खर्ब ८४ अर्ब ३३ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा १४ अर्ब सात करोड ९० लाख रूपैयाँ ऋण लगानी गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब ५८ करोड ६० लाख रूपैयाँले बढी हो । एक वर्षअघि विकास बैंकहरूले सेयर धितोमा प्रवाह गरेको कर्जा १२ अर्ब ४९ करोड ३० लाख रूपैयाँ थियो ।

फाइनान्स कम्पनीहरूले यसवर्ष मंसिर मसान्तसम्म एक खर्ब १६ अर्ब ४० करोड ९० लाख रूपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ७९ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा तीन अर्ब ४३ करोड ३० लाख रूपैैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४० करोड रूपैयाँले कम हो । गतवर्ष फाइनान्स कम्पनीहरूले सेयर धितोमा तीन अर्ब ८३ करोड ३० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया