Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआई मर्चेन्ट बैंकिङ र कालिञ्चोक दर्शनबीच व्यावसायिक सम्झौता

नेपाल एसबीआई मर्चेन्ट बैंकिङ र कालिञ्चोक दर्शनबीच व्यावसायिक सम्झौता


काठमाडौं । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड र कालिञ्चोक दर्शनबीच व्यावसायिक सहकार्य गर्ने सहमतिपत्रमा आज हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा कालिञ्चोक दर्शन लिमिटेडका अध्यक्ष बालकृष्ण शिवाकोटीको उपस्थितिमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले हस्ताक्षर गरेका छन् । उक्त सहमतिपत्रमा उल्लेख भएबमोजिम नेपाल एसबीआई बैंकमा डिम्याट खाता खोली डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता र आगामी दिनमा नयाँ डिम्याट खाता खोल्ने नयाँ ग्राहकलाई कालिञ्चोक दर्शन लिमिटेडले सञ्चालन गरेको केबुलकार चढ्दा १० प्रतिशत विशेष छुट प्रदान गर्ने जनाइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया