Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया क्यापिटल र संखुवासभा पावर डेभलपमन्टबीच सम्झौता

एनआईसी एसिया क्यापिटल र संखुवासभा पावर डेभलपमन्टबीच सम्झौता


काठमाडौं । एनआईसी एसिया क्यापिटल र संखुवासभा पावर डेभलपमेन्ट कम्पनीबीच सम्झौता भएको छ । क्यापिटलको आइडिया टु आईपीओ सेवाअन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिस्ट्रार सेवासहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।

एनआईसी एसिया क्यापिटलले आईडिया टु आईपीओ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापनाकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ । सोही सेवाअन्तर्गत काठमाडौं महानगरपालिका, पेप्सीकोला, काठमाडौंमा रजिस्ट्रार कार्यालय रहेको संखुवासभा डेभलपमेन्ट कम्पनीलाई क्यापिटलको आईडिया टु आईपीओ सेवाअन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिस्ट्रार सेवासहित संखुवासभा पावर डेभलपमेन्ट प्रालिलाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएअनुसार प्रचलित कानुनबमोजिम सर्वसाधारणहरूमा प्राथमिक सेयर निष्काशन गर्न एनआईसी एसिया क्यापिटल लिमिटेड र संखुवासभा पावर डेभलपमेन्ट कम्पनीबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतापत्रमा निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी र कम्पनीका तर्फबाट अध्यक्ष सौरभ अज्र्यालले हस्ताक्षर गरेको कम्पनीले जानकारी दिएको छ । संखुवासभा पावर डेभलपमेन्ट कम्पनीले संखुवासभा जिल्लास्थित सभाखोलामा दुई वटा जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ । जसमध्ये नौ दशमलव ४१ मेगावाटको सुपर सभाखोला जलविद्युत् आयोजना र चार दशमलव एक मेगावटको सुपर सभाखोला साना जलविद्युत् आयोजना रहेका छन् । संखुवासभा पावर डेभलपमेन्ट कम्पनीले जारी पुँजीको २५ प्रतिशत सेयर अर्थात् एक सय रुपैयाँ अंकित दरका २५ करोड ५० लाख रुपैयाँ बराबरको २५ लाख ५० हजार कित्ता निकट भविष्यमा प्रचलित कानुनबमोजिम सर्वसाधारणमा निष्काशन गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया