Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार१९ अर्ब ३० करोडले बढ्यो वाणिज्य बैंकहरूको चुक्ता पुँजी

१९ अर्ब ३० करोडले बढ्यो वाणिज्य बैंकहरूको चुक्ता पुँजी


काठमाडौं । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरूको चुक्ता पुँजी १९ अर्ब ३० करोड २० लाख रूपैयाँले बढेको छ । चालू आर्थिक वर्षको मंसिर मसान्तमा २० वटा वाणिज्य बैंकहरूको चुक्ता पुँजी तीन खर्ब ७७ अर्ब १२ करोड ४० लाख रुपैयाँ पुगेको छ । गतवर्ष मंसिर मसान्तमा वाणिज्य बैंकहरूको चुक्ता पुँजी तीन खर्ब ५७ अर्ब ८२ करोड २० लाख रुपैयाँ थियो ।

वाणिज्य बैंकहरूमध्ये ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी सबैभन्दा धेरै छ । बैंकले ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । चुक्ता पुँजीका आधारमा दोस्रो ठूलो बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ । यो बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ छ । यस्तै, नबिल बैंकको २७ अर्ब पाँच करोड ६९ लाख ९७ हजार रुपैयाँ, कुमारी बैंकको २५ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ र प्रभु बैंकको २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी छ । हिमालयन बैंकको २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ, लक्ष्मी सन्राइज बैंकको २१ अर्ब ५० करोड ७२ लाख ३८ हजार रुपैयाँ र र प्राइम कमर्सियल बैंकको १९ अर्ब ४० करोड २५ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी छ ।

कृषि विकास बैंकको १८ अर्ब ८८ करोड ४३ लाख ४६ हजार रुपैयाँ, एनएमबी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको १५ अर्ब ५३ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी छ । एनआईसी एसियाको १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ, नेपाल बैंककोे १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ, सानिमा बैंकको १४ अर्ब ४६ करोड एक लाख १५ हजार रुपैयाँ, सिटिजन्स बैंक इन्टरनेसनलको १४ अर्ब २० करोड नौ लाख ७४ हजार रुपैयाँ र सिद्धार्थ बैंकको १४ अर्ब आठ करोड ९९ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी कायम छ ।

माछापुच्छ्रे बैंकले ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ भने एभरेष्ट बैंकले १० अर्ब ६९ करोड नौ लाख ४० हजार रुपैयाँ र नेपाल एसबीआई बैंकले १० अर्ब १२ करोड पाँच लाख २८ हजार रुपैयाँ कायम गरेका छन् । सबैभन्दा कम चुक्ता पुँजी स्टान्डर्ड चार्टर्ड बैंकको छ । यो बैंकको चुक्ता पुँजी नौ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया