Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेटलाइफ विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरूको सूचीमा

मेटलाइफ विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरूको सूचीमा


काठमाडौं । मेटलाइफले आफू फच्र्युन म्यागाजिन २०२४ को ‘विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू’को सूचीमा पर्न सफल भएको भन्ने घोषणा गरेको छ । उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरूलाई उल्लेखित गरिएको थियो ।

लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारकहरूमा बीमा उद्योगका कार्यकारीहरू, निर्देशकहरूसँग सर्वेक्षण गरी बीमा उद्योगमा सबैभन्दा बलियो प्रतिष्ठा भएका कम्पनीहरूको पहिचानका लागि फच्र्युुनको कर्न फेरि नामक विश्वव्यापी संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य रहेको छ । मेटलाइफका अध्यक्ष र सीईओ मिसेल खलफले भने ‘हामी हाम्रा सबै सरोकारवालाहरूका लागि साझा मूल्यको सद्भावपूर्ण सर्कल सिर्जना गरेर हाम्रो उद्देश्यलाई जीवनमा ल्याउँछौँ । ‘यो मान्यता हाम्रा कर्मचारीहरूको हो जसले हाम्रा ग्राहकहरू र विश्वभरका समुदायहरूका लागि थप विश्वस्त भविष्य निर्माण गर्न हरेक दिन काम गर्छन् ।’


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया