Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेन्ट्रल फाइनान्स चार करोड रुपैैयाँ खुद नोक्सानीमा

सेन्ट्रल फाइनान्स चार करोड रुपैैयाँ खुद नोक्सानीमा


काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा चार करोड ७६ लाख ४६ हजार २९ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले तीन लाख ९९ हजार दुई सय १५ रुपैयाँ खुद नाफा कमाएको थियो । हाल चुक्ता पुुँजी ९४ करोड ८८ लाख ७५ हजार चार सय ५९ रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा छ अर्ब ८१ करोड २२ लाख ३८ हजार सात सय २० रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ६३ करोड ८७ लाख ८५ हजार पाँच सय ९५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १२ करोड नौ लाख २५ हजार तीन सय ४० रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा नौ दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने ११ करोड ४० लाख ३८ हजार पाँच सय दुई रुपैयाँ रहेको फाइनान्सको स्प्रेडदर भने चार दशमलव ५६ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले छ अर्ब ९२ करोड ६४ लाख ९० हजार छ सय ८० रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९१ करोड २५ लाख २१ हजार एक सय ५० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १२ करोड ६४ लाख ८३ हजार ६५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा सात दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ६५ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया