Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया लघुवित्तको वित्तीय साक्षरता

एनआईसी एसिया लघुवित्तको वित्तीय साक्षरता


काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । संस्थाले यही माघ महिनामा कोशीदेखि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका शाखाहरूमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषअन्तर्गत सो कार्यक्रमहरू सम्पन्न गरेको जनाएको छ । हालको विषय परिस्थितिलाई मध्यनजर गरी स्थानीय जनप्रतिनिधिको उपस्थितिमा संस्थामा आबद्ध सदस्यहरू तथा गैरसदस्यहरूलाई दैनिक आम्दानी तथा खर्चको विश्लेषण, वित्तीय सेवासम्बन्धी ज्ञान, भविष्यको लागि बचतको आवश्यकता, बचत गर्ने तरिका, कर्जाको सही सदुपयोग गर्ने तरिका, व्यवसाय व्यवस्थापन जस्ता विषयहरू समेटेर कार्यक्रमहरू सञ्चालन गरेको थियो । यसबाट सहभागीहरूमा वित्तीय क्षेत्रका विविध विषयहरूमा ज्ञान हासिल भएको सहभागीहरूले बताए । कार्यक्रमबाट कर्जाको सदुपयोग कसरी गर्ने, कर्जा लिएर कस्तो प्रकारको व्यवसाय गर्ने, कसरी आम्दानी बढाउने, बचत कसरी बढाउने र खर्च कसरी कम गर्न सकिन्छ भन्ने विषयमा विशेष ज्ञान हासिल गर्न पाएको सहभागीले बताए । स्थानीय प्रतिनिधिले यस्तो प्रकारको कार्यक्रम समय–समयमा गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रम भएका शाखाहरूको कार्यक्षेत्र भित्रका करिब १३ सय जनाले सो कार्यक्रममा सहभागिता जनाएका थिए । सुनसरीको इटहरीमा रजिस्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोकको बनेपामा कर्पोरेट कार्यालय रहेको यस संस्थाले हाल दुई सय ८७ वटा शाखा कार्यलयहरूमार्फत वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया