Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा क्यापिटलमा निःशुल्क मेरो सेयर र डिम्याट खाता खोल्न सकिने

गरिमा क्यापिटलमा निःशुल्क मेरो सेयर र डिम्याट खाता खोल्न सकिने


काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले ‘सित्तैमा’ डिम्याट र मेरो सेयर खाता खोल्न सकिने गजबको योजना बजारमा ल्याएकोे छ । यस योजनाअन्तर्गत २०८१ साल असार मसान्तसम्म निःशुल्क डिम्याट र मेरो सेयर खाता खोल्न सकिने कम्पनीले जनाएको छ ।

‘हरेक नेपाली सेयरधनी’ भन्ने मूल नारालाई आत्मसात गर्दै कम्पनीले यो योजना सार्वजनिक गरेको जनाएको छ । यो सुविधा गरिमा क्यापिटलको जुनसुकै शाखा, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका शाखा कार्यालयहरू र गरिमा क्यापिटलको वेवसाइटमार्फत पनि उपभोग गर्न सकिन्छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया