Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकद्वारा इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान

ज्योति विकास बैंकद्वारा इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान


काठमाडौं। ज्योति विकास बैंकले नुवाकोटस्थित श्री सहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयलाई दुई थान इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान गरेको छ । बैकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत सो सहयोग गरेको हो ।

बैंकले अन्तक्र्रियात्मक सिकाइ विधिहरूमार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा सूचना प्रविधिसम्बन्धी सिप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय शिक्षाका लागि अनुकूल वातावरण बनाउन र विद्यार्थीहरूको अध्ययनप्रतिको रूचिमा विकास गराउने हेतुले उक्त स्मार्टबोर्डहरू प्रदान गरेको जनाएको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा कोषका संयोजक सुरेन्द्रबहादुर नेपालीले विद्यालयकी प्रधानाध्यापक मञ्जु चित्रकारलाई सो स्मार्टबोर्डहरू हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य नरेशराज आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोललगायत बैंकका पधाधिकारीहरू, विद्यालयका कर्मचारीहरू तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

उक्त विद्यालयले डिजिटल प्रविधिद्वारा अनलाइनको माध्यमबाट विभिन्न विषयहरूको कक्षा सञ्चालन समेत गर्ने भएकाले सो स्मार्टबोर्डहरूद्वारा विद्यालयलाई थप सहजता प्रदान हुनेछ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई बैंकले नागरिकको सर्वोत्तम हितलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया