Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारडेभलपमेन्ट बैंकर्स एसोसिएसनद्वारा नवनियुक्त अर्थमन्त्रीलाई बधाई

डेभलपमेन्ट बैंकर्स एसोसिएसनद्वारा नवनियुक्त अर्थमन्त्रीलाई बधाई


काठमाडौं । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन डेभपलमेन्ट बैंकर्स एसोसिएसन नेपालले नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई शुक्रबार भेट गरी बधाई ज्ञापन तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको नेतृत्वमा एसोसिएसनका पदाधिकारीहरूले अर्थमन्त्री पुनलाई भेट गरेका थिए । उक्त भेटघाटका क्रममा एसोसिएसनका अध्यक्ष श्रेष्ठले देशको समग्र अर्थतन्त्रमा विकास बैंकहरूले पुर्याएको योगदानको बारेमा जानकारी गराएका थिए ।

भेटघाटका क्रममा नवनियुक्त अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको सर्वाङ्गीण विकासका लागि विकास बैंकहरूले पुर्याएको योगदानको प्रशंसा गर्नुका साथै कुनै पनि खराब मनसाय नराखी काम गर्दा सरकारले पूर्णरूपमा सहयोग गर्ने भएकाले निर्धक्कसँग काम गर्नका लागि सुझाव दिएका थिए । उक्त भेटघाटका क्रममा बैंकिङ व्यवसायका समस्या र चुनौतीहरूका बारेमा समेत छलफल भएको एसोसिएसनका उपाध्यक्ष तथा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया