Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु महालक्ष्मी लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न


काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरूको अन्तर्राष्ट्रिय फोरम एमडीआरटी–२०२४ का लागि छनोट भएका अभिकर्ताहरूलाई सम्मान गरेको छ । चितवनको नारायणगढमा चैत दुई गतेदेखि चार गतेसम्म तीन दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भव्यरूपमा सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले भने ‘उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने हो, तपाईंहरूको मेहनतले पाएको सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सधै साथ–सहयोग रहन्छ र उच्च सम्मान प्रकट गर्दछ ।’ एमडीआरटीजस्तो अन्तर्राष्ट्रिय फोरममा छनोट हुनु आफैँमा गौरवको कुरा भएकाले अभिकर्ताहरूलाई हार्दिक बधाई व्यक्त गरे । आगामी वर्षहरूमा पनि निरन्तर सफलताको शुभकामना व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले सफलताको यो माहोललाई कम्पनीले उत्सवको रूपमा लिएको बताए ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । अन्तर्राष्ट्रिय फोरम एमडीआरटीमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण हो । त्यसैले अभिकर्ता पेसा छनोट गर्नुभएको यहाँहरूको निरन्तर लगनको परिणामले प्राप्त सफलतालाई कम्पनीले उच्च सम्मान प्रकट गर्छ, नायब प्रमुख कार्यकारी अधिकृत लामिछानेले भने । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब महाप्रबन्धक एवम् नेसनल सेल्स हेड सोनबहादुर मगरले योग्यहरूको योग्यताको पहिचान आफूले गर्ने कामले प्रस्तुत हुने बताए । यो समय भनेको निरन्तर कार्य गरेर प्राप्त सफलतालाई सेलिब्रेसन गर्ने समय हो । सफलताको अनुभव र प्राप्त मानसम्मानले थप सफलताको लागि ऊर्जा प्राप्त हुनेछ, यो ऊर्जाको आगामी वर्षमा परिणाम आउने विश्वास नायब महाप्रबन्धक एवम् नेसनल सेल्स हेड मगरले व्यक्त गरे । मोटिभेसनल स्पिकर श्रीरमण भट्टराईको ट्रेनिङ सेसनले कार्यक्रमको रौनक थपिएको थियो ।

उक्त कार्यक्रममा आउँदै गरेको फागुपूर्णिमा (होली) को शुभकामना आदानप्रदान गरी रंगहरूका साथ नारायणी नदीको क्रुज जहाजमा होली मनाइएको थियो । औपचारिक कार्यक्रमका साथ विभिन्न अतिरिक्त क्रियाकलापहरूले तीन दिने कार्यक्रमको माहोललाई उल्लासमय बनाएको थियो । सहायक महाप्रबन्धक टीकादत्त प्याकुरेलले सहभागीहरूलाई कार्यक्रम सफल बनाउन साथ सहयोग दिनु भएकोमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो । एजेन्सी विभाग प्रमुख प्रभात शिवाकोटीको संयोजनमा सञ्चालित कार्यक्रम योगेन्द्र प्रसाद खतिवडाले सञ्चालन गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया