Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायबल प्राइभेट इक्विटी फन्ड र अकामा होटलबीच लगानी सम्झौता

रिलायबल प्राइभेट इक्विटी फन्ड र अकामा होटलबीच लगानी सम्झौता


काठमाडौं । कोष व्यवस्थापक रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धित रिलायबल प्राइभेट इक्विटी फन्डबाट धुम्बाराही काठमाडौँ अवस्थित, सम्पूर्ण सेवा सुविधासहित पूर्णरूपमा सञ्चालनमा रहेको पाँचतारे वर्गको अकामा होटल लिमिटेडमा लगानी गर्ने सम्झौता भएको छ । फन्डको तर्फबाट कोष व्यवस्थापकका प्रमुख कार्यकारी अधिकृत सुदय कान्त झा र अकामा होटलको तर्फबाट होटलका अध्यक्ष विनयकुमार श्रेष्ठले लगानी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

लगानी सम्झौताअनुसार, रिलायबल प्राइभेट इक्विटी फन्डले अकामा होटलमा २२ करोड ५० लाख रुपैयाँ लगानी गरी प्राथमिक सार्वजनिक निष्काशनपश्चात् कायम रहने सेयर पुँजीको १० प्रतिशत रकम बराबरको सेयर खरिद गर्नेछ । रिलायबल प्राइभेट इक्विटी फन्ड, विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत नेपाल धितोपत्र बोर्डमा दर्ता भई संस्थापन तथा सञ्चालन भएको कोष हो, जसको व्यवस्थापन रिलायबल भेन्चर क्यापिटल लिमिटेडले गरेको छ । यस कोषको मुख्य उद्देश्य सूचीकृत नभएका संस्थाहरूमा लगानी गरी सो सस्ंथाहरूलाई एक वैकल्पिक वित्तीय स्रोत उपलब्ध गराउनु रहेको कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया