Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारक्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न


काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा कम्पनीको रजिस्ट्रर्ड कार्यालय रहेको स्थान सुर्खेतमा सफलतापूर्वक सम्पन्न भएको छ । कम्पनीको प्रथम वार्षिक साधारणसभामा सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तव्यसहित कम्पनीको वार्षिक प्रतिवेदन पेस गर्नुभएकोमा सभाले सर्वसम्मत पारित गरेको छ ।

उक्त सभाबाट सर्वसाधारणलाई कम्पनीको साधारण सेयर निष्काशन गर्ने तथा सो कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सभामा संस्थापक समूहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहित करण वैद्य र विदुर पुरी कम्पनीको सञ्चालक पदमा र्निविरोध निर्वाचित हुनुभएको छ । साथैे यसअघि नै स्वतन्त्र सञ्चालकमा पवित्रलाल चुकेलाई नियुक्त गरेको थियो । सभाले आव २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आव २०८०÷८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ ।

सभामा प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठबाट स्वागत मन्तव्य व्यक्त गरेको उक्त सभामा उपस्थित सेयरधनीहरू तथा अन्य उपस्थित व्यक्तिहरूका लागि कम्पनीको प्रगतिको बारे जानकारी गराउँदै, नवनिर्वाचित सञ्चालक सदस्यहरूलाई शुभकामना तथा बधाई दिँदै संस्थाका अध्यक्षले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापनसहित सभा विसर्जनको घोषणा गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया